महिनावारीलाई मर्यादित बनाउन कार्ययोजना निर्माण

khaptadpress.com

अछाम। स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ।

मेल्लेख गाउँपालिकाका सम्पूर्ण स्वास्थ्य संस्थाका पदाधिकारीहरुका लागि उक्त अभिमुखीकरण संचालन गरिएको हो। ग्रिनतारा नेपालद्वारा संचालित गरिमा परियोजनाले स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन र मर्यादित महिनावारी विषयमा अभिमुखीकरण संचालन गरिएको हो।

दुई समूहमा संचालित अभिमुखीकरणमा मेल्लेख गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वीरबहादुर ठकुल्ला र स्पाफ नर्स सम्झना सिंहले सहजिकरण गर्नुभएको थियो। 


कार्यक्रममा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापम समितिका काम, कर्तब्य, भूमिका, जिम्मेवारीलगायतका विषयमा छलफल गरिएको थियो। यस्तै महिनावारी हुने उमेर, प्रक्रिया, महिनावारी र बालबिबाहको सम्बन्ध, महिनावारी स्वच्छता, राज्यले महिनावारीका विषयमा काम गर्नु पर्ने आधारहरु, महिनावारीलाई मर्तादित बनाउन सरोकारवालाहरुको भूमिकालगायतका विषयमा पनि छलफल गरिएको थियो।

यस्तै कार्यक्रममा वडा सरकार, स्वास्थ्य व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयम् सेविका, शिक्षकलगायतले आगामी दिनमा गर्ने कार्य योजनासमेत निर्माण गरिएको परियोजनका अनुगमन तथा मुल्यांकन अधिकृत प्रमिता बस्यालले जानकारी दिनुभयो।  

त्यस अघि गरिमा परियोजनाले मेल्लेख गाउँपालिका र बाजुराको बुढीगंगा नगरपालिकाका महिला जनप्रतिनिधि र अगुवा महिलाहरुका लागि पनि महिनावारी स्वच्छता तथा बृहत यौनिकता शिक्षा सम्बन्धी दुई दिने अभिमुखीकरण आयोजना गरेको थियो। 

महिनावारी विभेदको अन्त्य गरि मर्यादित महिनावारी मैत्री समाज बनाउने उद्देश्यले अछामको मेल्लेख गाउँपालिका र बाजुराको बुढीगंगा नगरपालिकाका पाँच वर्षका लागि गरिमा परियोजना लागू भएको छ।

प्रतिक्रिया