अछाम। कृष्ण जन्माष्टमी पर्वको अवसर पारेर अछामको मेल्लेखमा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
गाउँपालिका अध्यक्ष कप नाम दिइएको प्रतियोगिता साउन २७ गतेदेखि सुरु हुने मेल्लेख गाउँपालिकाले जनाएको छ। मंगलबार गाउँपालिका अध्यक्ष ज्वाला सिं साउँदको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २ लाख ५१ हजार १०१ रुपैयाँ नगद ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैठकले निर्णय गरेको छ। यस्तै दोस्रो हुने टिमले १ लाख ५१ हजार १०१ तथा तेस्रो हुने टिमले ८५ हजार १०१ रुपैयाँ पुरस्कार पाउने छन्।
अन्य विभिन्न विधामा पनि नगद पुरस्कारको ब्यवस्था गरिएको छ। बैठकले वडा नम्बर ५ का अध्यक्ष प्रकाश अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय आयोजक समिति पनि गठन गरेको छ।
प्रतियोगितमा बढीमा दुई जना खेलाडी मात्रै पालिका बाहिरका समावेश गर्न पाइने तथा टिम दर्ता शुल्क १५ हजार १०१ रहने पनि बैठकले निर्णय गरेको छ। प्रतियोगितामा राम स्मृति युवा क्लबले समन्वय गर्ने छ । मेल्लेखमा पहिलेदेखि नै हरेक वर्ष कृष्ण जन्माष्टमीको अवसरमा खुला पुरुष भलिवल प्रतियोगिता आयोजना हुने गरेको छ।
यस्ता छन् निर्णयहरु