काठमाडौं। भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी २० क्रिकेटअन्तर्गत मंगलबार पनि तीनवटा खेल हुँदै छन्।
यसअनुसार ग्रुप एका दुई र ग्रुप डीका खेल हुनेछन्। पहिलो खेलमा नामिबिया र नेदरल्यान्ड भिड्नेछन्। यो खेल बिहान ११ः१५ मा दिल्लीमा हुनेछ।
त्यसैगरी दोस्रो खेल अपराह्न ३ः१५ मा हुनेछ। चेन्नईमा हुने यो खेलमा न्युजिल्यान्ड र यूएई भिड्नेछन्। तेस्रो खेल साँझ ७ः१५ मा पाकिस्तान र अमेरिकाबीच हुनेछ। यो खेल श्रीलंकाको राजधानी कोलम्बोमा हुनेछ।
हालसम्म समूह एबाट भारत र पाकिस्तानले पहिलो खेल जित्दै क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन्। उनीहरुको समान २ अंक छ।
समूह बीबाट जिम्बाब्वे र श्रीलंकाले जित निकाल्दै २ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदा समूह सीमा १ खेलमा जित निकालेको वेस्ट इन्डिज पहिलो स्थानमा छ। दुई खेल खेलेको स्कटल्यान्डले १ खेलमा हार र १ मा जित निकाल्दै २ अंकसहित दोस्रो स्थानमा रहँदा १ खेलमा जित निकालेको इंग्ल्यान्ड दुई अंकसहित कम रनरेटको आधारमा तेस्रो स्थानमा छ।
यता ग्रुप डीमा दक्षिण अफ्रिका र न्युजिल्यान्डले पहिलो खेल जित्दै क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।
सोमबारसम्मको नतिजाअनुसार ग्रुप एमा नेदरल्यान्ड र अमेरिकाले पहिलो खेलमा हार व्यहोरेका छन्। बीबाट आयरल्यान्ड र ओमानले पनि पहिलो खेल गुमाएका छन्। समूह सीमा नेपाल र इटलीले पहिलो खेलमा हार व्यहोरेका छन् भने डीबाट अफगानिस्तान र क्यानडाले पनि पहिलो खेलमा पराजयपछि अंक जोड्न सकेका छैनन्।
यूएई, अस्ट्रेलिया र नामिबियाले भने पहिलो खेल खेल्न बाँकी छ।