विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

khaptadpress.com

अछाम । जापानमा बसोबास गर्दै आएका बलबहादुर साउदले चारवटा विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेका छन्।

नेपाल आएको अवसर पारेर साउदले मेल्लेख गाउँपालिकाका विभिन्न चारवटा विद्यालयका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई झोला, किताव र कलम वितरण गरेका छन्। उनले दुर्गादेवि मावि नन्देगडा, जनता नमुना मावि मेल्लेख, वासुकी मावि कुष्कोट र नन्देश्वरि मावि षोडशामा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको हो।

सानो हुँदादेखि नै अभाव, संघर्ष र कठिनाई भोग्दै हुर्किएका साउदले आफूले भोगेको पीडालाई प्रेरणाको स्रोत बनाउँदै शिक्षाबाट कोही पनि वञ्चित नहोस् भन्ने भावनाले शैक्षिक सामग्री वितरण गरिएको बताए।


प्रतिक्रिया