सर्वपक्षीय सरकार माग्दै माइतीघरमा जेनजी प्रदर्शन

khaptadpress.com

काठमाडौं। सुशीला कार्कीको बहिर्गमन र सर्वपक्षीय सरकारको माग गर्दै माइतीघरमा संयुक्त जेनजी आन्दोलनले प्रदर्शन गरेको छ ।


जेनजी अगुवा मिराज ढुंगाना नेतृत्वको समूहले सोमबार सर्वपक्षीय सरकार गठन, जेनजीका माग सम्बोधनलगायत माग राख्दै प्रदर्शन गरेको हो ।

सुशीलाले आन्दोलन हाइज्याक गरेको र  जेनजीका माग पूरा गर्न चासो नदेखाएको आन्दोलनकारीको आरोप छ ।
उनीहरूले प्रधानमन्त्री कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालविरुद्ध नाराबाजी गरेका छन् ।

आन्दोलनमा  निकोलस भुसाल पनि मिसिएका छन् ।

प्रदर्शनका लागि अनुमति नलिएको भन्दै प्रहरीले बल प्रयोग गरेर केही प्रदर्शनकारीलाई नियन्त्रणमा समेत लिएको छ ।

प्रतिक्रिया