बडिमालीकामा मृत्यु भएका ओझाको शव निकाल्न कठिनाइ

khaptadpress.com

बाजुरा। बाजुराको बडिमालीकामा मृत्यु भएका तीर्थयात्री विप्लप ओझाको शव ल्याउने प्रयास भइरहेको छ। बिहिवार बडिमालीका मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा लडेर मृत्यु भएका तीर्थयात्री ओझाको मौसम प्रतिकुलताका कारण शव ल्याउन सकिएको छैन् ।

पूर्व शिक्षा मन्त्री देवीप्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लबको शव हेलिकप्टर मार्फत ल्याउने खोजिएको भएपनि मौसम प्रतिकुलताका कारण अझै सम्भव  हुन सकेकने छैन्न ।
गोकर्णेश्वर–५ काठमाडौंका ओझा भिरबाट करिब ७ सय मिटर खोचमा भएकाले निकाल्न निकै कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले बताए।

प्रतिक्रिया