नेपाल नेत्रहीन महिला विश्वकपको उपाधिका लागि भारतसँग भिड्दै

khaptadpress.com

काठमाडौं। नेत्रहीन महिला टी-२० विश्वकपको उपाधिका लागि आज आइतबार नेपाल र भारत भिड्दैछन् ।

खेल बिहान १० बजे श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा हुनेछ । नेत्रहीन महिला विश्वकप भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना भएको हो। 

नेपालले शनिबार कोलम्बोमा खेलिएको सेमिफाइनल खेलमा पाकिस्तानलाई सात विकेटले हराउँदै फाइनलमा भातरसँगको भेट पक्का गरेको हो ।

पाकिस्तानले पहिले ब्याटिङ गर्दै एक सय ६९ रन बनाएको थियो । जवाफमा नेपालले १७ ओभरमै केवल तीन विकेट गुमाएर विजय लक्ष्य पूरा गर्‍यो ।

भारत भने पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई हराउँदै फाइनलमा पुगेको हो ।


प्रतिक्रिया