रामारोशनको निर्णय : एसइई उत्तिर्णलाई सम्मान, ग्रेड बृद्धिको कक्षा चलाउन विद्यालयलाई नगद

khaptadpress.com

अछाम। अछामको रामारोशन गाउँपालिकाले एसइईमा उत्तिर्ण विद्यार्थीलाई नगदसहित सम्मान गर्ने भएको छ।

गुणस्तरीय शिक्षाको सुनिश्चितता र विद्यार्थीको शैक्षिक स्तर अभिवृद्धिका लागि शैक्षिक रुपान्तरण अभियान संचालन गर्दै आएको रामारोशनले एसइई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई सम्मान, नगद पुरस्कार र अभिमुखिकरण कार्यक्रम आयोजना गर्ने भएको हो।

पालिकाले मंगलबार सूचना प्रकाशित गरी असार २१ गते ग्रेडेड विद्यार्थीलाई विशेष कार्यक्रममार्फत सम्मान तथा भविष्य निर्माणसम्बन्धी अभिमुखिकरण गर्ने जनाएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले पालिकाको निर्णयअनुसार यस शैक्षिक सत्रदेखि कक्षा ६ देखि १० सम्म अध्ययन गरेर एसइईमा ए प्लस ग्रेड ल्याउनेलाई २० हजार र ए ग्रेड ल्याउनेलाई १० हजार रुपैया नगद पुरस्कार प्रदान गरिने छ।

त्यस्तै, एसइईमा ननग्रेडेड विद्यार्थीको लागि मौका परीक्षा तयारी गर्न पालिकाभित्रका विद्यालयलाई ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको भण्डारीले जानकारी दिए।


प्रतिक्रिया