काठमाडौं। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि बुधवार मतदान हुन लागेको छ । निर्वाचन समितिका अनुसार केहीबेरमै मतदान सुरु हुनेछ ।
मतदानका लागि महाधिवेशन प्रतिनिधि (मतदाता)हरू लाइनमा बस्न सुरु गरिसकेका छन् ।
एमालेको नेतृत्व चयनका लागि विद्युतीय मेसिनमार्फत मतदान हुन लागेको हो। मतदान सम्पन्न हुन कम्तीमा ८ घण्टा लाग्ने बताइएको छ ।
मंगलबार नै मतदान हुने भनिएपनि प्राविधिक र जाडो बढेको कारण देखाउँदै आज ८ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
आज मतदातालाई खाजा र खानाको मतदानस्थलमै व्यवस्था गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
२ पुस २०८२, बुधबार ०८:२३ मा प्रकाशित