सभापतिमा गगन र महामन्त्रीमा विश्व-प्रदीपको उम्मेदवारी

khaptadpress.com

काठमाडौं। नेपाली कांग्रेसको सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी परेको छ।

बिहान ११ बजे सकिएको मनोनयन दर्ता अनुसार सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी परेको एक नेताले जानकारी दिएका छन्।

त्यस्तै महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको मात्रै उम्मेदवारी परेको छ। 

सहम‍हामन्त्रीका लागि बहादुरसिंह लामाले उम्मेदवारी दिएका छन्। कांग्रेसमा ८ जना सहमहामन्त्री रहनेछन्। 
कुन-कुन पदमा क-कसले उम्मेदवारी दिएको भन्ने बारेमा निर्वाचन समितिले दिउँसो १ बजे सार्वजनिक गर्नेछ। 

समिति संयोजक सिताराम केसीले सबै पदमा उम्मेदवारी परेको जानकारी दिए।

‘मनोनयन फारम वितरण र उम्मेदवारी दर्ताको सबै कार्यक्रम ११ बजे सकियो। सबै पदमा उम्मेदवारी परेको र दिउँसो १ बजे उम्मेदवारको नामावली प्रकाशन तयारी छ,’ उनले भने, ‘सकेसम्म सर्वसम्मत गर्ने कुरा छ, यो राजनीतिक पाटो भयो।’


सभापतिमा उम्मेदवारी दिन ३० हजार रूपैयाँ शुल्क तोकिएको छ।

केन्द्रीय उपसभापति  र महामन्त्रीका लागि समान २५ हजार रूपैयाँ शुल्क निर्धारण भएको छ।

त्यस्तै, सहमहामन्त्री पदका लागि २० हजार रूपैयाँ शुल्क तोकिएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए।

केन्द्रीय सदस्य पदका लागि भने १० हजार रूपैयाँ शुल्क तोकिएको छ।

मनोनयनको फाराम लैजाँदा शुल्क बुझाउनु नपर्ने भए पनि दर्ता गर्दा भने दस्तुर बुझाउनुपर्नेछ।

प्रतिक्रिया