पेट्रोल र डिजेलको भारी मूल्यवृद्धि (सूचीसहित)

khaptadpress.com

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्यमा भारी वृद्धि गरेको छ । निगमले आजै मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर १५ र डिजेलको प्रतिलिटर १० रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो। 

निगमले अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य र आयात लागतका कारण मूल्य समायोजन गर्नुपरेको जनाएको छ।

मूल्य वृद्धि भएसँगै अब काठमाडौँमा पेट्रोलको मूल्य १७२ रुपैयाँ र  डिजेलको १५२ रुपैयाँ पुगेको छ।


प्रतिक्रिया