कांग्रेसबाट राष्ट्रियसभामा सुनीलबहादुर थापा निर्विरोध निर्वाचित

khaptadpress.com

काठमाडौं। कोसी प्रदेशबाट नेपाली कांग्रेसको राष्ट्रिय सभा उम्मेदवार बनेका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। 

कोसी प्रदेशबाट अन्य समूहमा अरु कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन्। 

उनले उम्मेदवारी दिएको अन्य क्लस्टरबाट अरूको उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयका सूूचना अधिकारी तिर्थ अधिकारीले जानकारी दिए। 

अहिले नै निर्वाचित भनेर घोषणा नभएपनि एकल उम्मेदवारी परेकोले निर्विरोध नै निर्वाचित भएको उनले बताए।

थापा केहीअघिसम्म राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार थिए। उनले राष्ट्रिय सभाको उम्ममेदवार बन्न राजीनामा दिएका थिए।

माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा नेपाली कांग्रेस र नेकपा एमाले तालमेल गरेका छन्।

कांग्रेसले ९, एमालेले ८ लिएका छन्। त्यस्तै एक सिटमा महन्थ ठाकुरलाई दुवै दलले सर्मथन गरेको बताएका छन्।

प्रतिक्रिया