कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा

khaptadpress.com

काठमाडौं। उर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन्। 


मन्त्री घिसिङले आज (बुधबार) साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका हुन्।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने सहमति भएपछि उनलाई वर्तमान गैरदलीय सरकारबाट राजीनामा दिन दबाब बढेको थियो।

घिसिङले राजीनामा दिनेबारे बुधबार पार्टीका नेताहरु र मन्त्रालयका कर्मचारीहरुसँग छलफल गरेका थिए। 

उज्यालो नेपाल पार्टीका नेताहरुले राजीनामा नदिन दिएको सुझावलाई समेत उनले अस्वीकार गरेका थिए।

बाहिर राजीनामा दिनुपर्ने कुरा उठेकाले अब मन्त्री पदमा नबस्ने बताएका थिए।


प्रतिक्रिया