अछामको एसइई नतिजा : दुई छात्रा समान प्रतिशत ल्याएर जिल्ला टप

khaptadpress.com

अछाम। अछाममा यस वर्षको एसइईमा दुई जना छात्राले उत्कृष्ट नतिजा प्राप्त गरेका छन्। उत्कृष्ट नतिजा ल्याउनेमा एक सामुदायिक विद्यालयकी छात्रा छन् भने एक संस्थागत विद्यालयकी छात्रा छन्।

सामुदायिकतर्फ मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोटस्थित कालिका माध्यामिक विद्यालयकी छात्रा भावना साउँदले अछाम जिल्लामै उत्कृष्ट नतिजा ल्याएकी हुन्। सस्थागत तर्फ साँफेबगर नगरपालिका वडा नम्बर ३ शिद्देश्वरस्थित किण्डर गार्डेन एकेडेमीकी छात्रा एलिशा कुँवरले उत्कृष्ट नतिजा ल्याएकी छन्।

भावना र एलिशा दुबैले समान ३.९० प्रतिशत नतिजा ल्याएको शिक्षा विकास तथा समन्वय इकाई अछामका प्राविधिक सहायक सुरेन्द्र बजगाँईले जानकारी दिए। अघिल्लो वर्ष पनि किण्डर गार्डेन एकेडेमीका छात्र विप्लव कुँवरले सर्वाधिक जिपिए ल्याएका थिए। सामुदायिक विद्यालयतर्फ जिल्लामै प्रथम हुँने भावना साउँदका बुबा महाजनसिंह साउँद पनि २०५१ सालको एसएलसी परीक्षामा अछाम जिल्ला प्रथम हुन्।

छोरीले जिल्लामै उत्कृष्ट नतिजा ल्याउँदा आफू निकै खुसी भएको  महाजनले बताए। मेहनत गर्ने हो भने सामुदायिक विद्यालयका विद्यार्थीको नतिजा पनि राम्रो हुने कुरा यसले प्रमाणित गरेको उनको भनाई छ। विद्यालयका प्रधानाध्यापक नरेश साउँदले नतिजा आशातित रहेको र विद्यार्थी तथा शिक्षकहरुको मेहनतको परिणाम भएको बताए। यसले आफूहरुलाई निकै खुसी बनाएको उनकव भनाई छ। 

प्रतिक्रिया