कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला बस्दै

khaptadpress.com

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन पक्षले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ।

इतरपक्ष विशेष महाधिवेशनमा जुटेपछि विकसित परिस्थितिबारे सामूहिक धारणा बनाउन संस्थापनले केन्द्रीय सदस्यहरूको अनौपचारिक भेला बोलाएको हो । 

बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा संस्थापनतर्फका केन्द्रीय सदस्य तथा अरु नेताहरुलाई बोलाइएको हो । बिहीबारसभापतिलाई भेटेका संस्थापनतर्फका नेताहरुले विशेष महाधिवेशनविरुद्ध सामूहिक धारणा बनाएर सार्वजनिक गर्न लागेको एक नेताले बताए । आजै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने तयारी गरेका छन्। 

कांग्रेस केन्द्रीय कार्यालयले विशेष महाधिवेशनमा सहभागी नहुन प्रतिनिधिलाई निरन्तर आह्वान गर्दै आएको छ। १५औँ महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नरहेको केन्द्रीय समितिको भनाइ छ । तर, विशेष महाधिवेशन कुनै पनि हालतमा नरोकिने अवस्था देखिएपछि कांग्रेसले पुस २७ र २८ को मिति जुधाएर युवा भेला तथा जिल्ला सभापतिहरुको भेला आह्वान गरेको छ। 

उता, इतरपक्षले भने विशेष महाधिवेशनको तयारीलाई तीव्र पारेको छ । पर्सि पुस २७ गते काठमाडौंको भृकृटीमण्डमा उद्घाटन गर्ने विशेष महाधिवेशनमा सहभागी हुन यसअघि नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरिसकेका थिए। 

प्रतिक्रिया