जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण गरिँदै

khaptadpress.com

काठमाडौं।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरणमा सहजीकरण गर्न जिल्ला अस्पतालहरूलाई निर्देशन दिएको छ । 

'गृह मन्त्रालयबाट घाइतेहरूको वर्गीकरण कार्य सम्पन्न गरी स्वास्थ्य मन्त्रालयको प्राविधिक समितिमा घाइतेहरूको वर्गीकरण सहितको विवरण पठाउन परिपत्र भइसकेकोले कार्यविधि अनुसार यस कार्यलाई समयमै सम्पन्न गर्नका लागि जिल्लास्थित अस्पतालमा कार्यरत चिकित्सकहरू एवम् स्वास्थ्य कार्यालयका प्रमुखहरूले आवश्यक सहयोग गर्नुहुन आव्हान गर्दछौँ', मन्त्रालयले भनेको छ । 

जेनजी आन्दोलनमा घाइते भएका व्यक्तिहरूको व्यक्तिगत विवरण संकलन गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।



प्रतिक्रिया