काठमाडौं। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो तेस्रो खेलमा नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै छ । नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा बिहान सवा ११ बजेदेखि शुरू हुनेछ ।
वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर ८ मा पुग्ने संघारमा छ । पराजित भएको खण्डमा नेपाल अन्तिम खेल अगाडिनै समूह चरणबाटै बाहिरिने छ।
पहिलो खेलमा इङ्ल्याण्डविरुद्ध ४ रनको उत्कृष्ट प्रदर्शनका बाबजुद दोस्रो खेलमा १० विकेटको हारले नेपालको ब्याटिङ र बलिङ दुवै पक्षमा ठूलो प्रश्न चिन्ह छ ।
दुई पटकको विश्व विजेता वेष्ट इण्डिज सानदार लयमा छ । उसले स्कटल्याण्डलाई ३५ रन र विश्कपकै बलियो दाबेदार इङ्ल्याण्डलाई ३० रनले हराएको थियो ।
वेस्ट इन्डिज दुईपटकको च्याम्पियन टोली हो । वेस्ट इन्डिजले सन् २०१२ र २०१६ को टी-२० विश्वकप उपाधि जितेको थियो । वेस्ट इन्डिज आईसीसी टी-२०आई वरीयतामा सातौं स्थानमा छ ।
टी-२० विश्वकपमा भारत र पाकिस्तानको खेल पनि आजै हुनेछ। दुई छिमेकी टोलीबीचको खेल कोलम्बोको आर. प्रेमदासा स्टेडियममा साँझ ७ बजे शुरू हुनेछ ।
यद्यपि, कोलम्बोमा पानी परिरहेको छ। आज पनि पानी पर्ने पूर्वानुमान गरिएको छ। भारतले २००७ र २०२४ मा टी-२० विश्वकप जितेको छ, टोलीले फाइनलमा पाकिस्तानलाई हराएर पहिलो उपाधि जितेको थियो ।
अर्कोतर्फ, पाकिस्तान २००९ को च्याम्पियन हो र २००७ र २०२२ मा उपविजेता बनेको थियो ।
लगातार दई खेल जितेका दुवै टोलीको समान ४ अङ्कसहित भारत शीर्ष र पाकिस्तान दोश्रो स्थानमा छ