आमा र नवजात शिशुको ज्यान बचाउन महिला स्वास्थ्य स्वयंम सेविकाको भूमिका महत्वपूर्ण छ : ढुंगाना

khaptadpress.com

अछाम। आमा र बच्चाको ज्यान जोगाउन महिला स्वास्थ्य स्वयम सेविकाहरुको महत्वपूर्ण भूमिका रहेको स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले बताएका छन्।

साँफेबगर नगरपालिकाका महिला स्वास्थ्य स्वयमसेविकाहरुको आधारभूत तालिम समापनका अवसरमा ढुंगानाले सो कुरा बताएका हुन्। नागरिक र स्वास्थ्य संस्थाको बीचमा पुलको काम स्वयम्सेविकाले गरिरहेको उनले बताए।

मातृशिशु स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हाँसिल गर्न स्वयमसेविकाहरुले खेलेको भूमिका उल्लेख्य रहेको भन्दै ढुंगानाले आमा र बालबालिकाको ज्यान जोगाउन सक्नु नै ठूलो धर्म भएको बताए।

महिला स्वास्थ्य स्वयम् सेविकाको भूमिका समुदायको स्वास्थ्यमा अत्यन्त महत्त्वपूर्ण छ। गर्भवती महिलाको स्वास्थ्य, बालस्वास्थ्य, खोप अभियान, पोषण, सरसफाइजस्ता विविध क्षेत्रमा उनीहरु काम गर्दै आएका छन् । विशेषगरी ग्रामीण क्षेत्रमा धेरै महिलाका लागि स्वास्थ्य सेवामा पहुँच पु-याउने एउटा महत्त्वपूर्ण माध्यम उनीहरु बनेका छन्।समुदायमा स्वास्थ्य शिक्षा प्रदान गर्ने, रोग लाग्नबाट रोक्नका लागि सचेतना फैलाउने काम पनि उनीहरुले गर्दै आएका छन्।

मातृ शिशु तथा परिवार योजना कार्यक्रम जनताको घरदैलो सम्म पुर्याउने उद्देश्यले वि सं २०४५ साल देखि यो कार्यक्रम सुरु भएको हो।

समयक्रमसंगै सेवाको विस्तार गरि हाल महिला स्वास्थ्यसेविकाहरुले देशभर प्रजनन् स्वास्थ्य जस्तै परिवार योजना, सुरक्षित मातृत्व, सुरक्षित गर्भपतन, नवजात शिशुस्याहार तथा बालरोग, खोप, पोषण, किशोरवस्था र महिनावारी, प्रजनन् रुग्णता, ज्येष्ठ नागरिक, यौन तथा यौनजन्य रोग, किटजन्य रोगहरु, सरुवा रोग नियन्त्रण, नसर्ने रोगहरु, वयक्तिगत सरसफाई तथा जनस्वास्थ्य अभियानहरु लगायतका काम गरिरहेका छन्। स्वास्थ्यकर्मी पुष्पबहादुर बुढाले

९ वटा वडाका नयाँ नियुक्त भएका महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि तालिम संचसलन गरिएको जानकारी दिए। तालिममा बुढा र बम भट्टले सहजिकरण गरेका थिए। 


प्रतिक्रिया