मन्त्रीको सम्पत्ति २० वटा कुखुरा, एउटा कुकुर

khaptadpress.com

काठमाडौ।  प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सार्वजनिक गरेको विवरणअनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महिला सीता वादीसँग कृषि तथा पशुधनमा २० वटा कुखुरा र एउटा कुकुर रहेको छ ।

उनले विवाहमा १८ तोला सुन र १५ तोला चाँदी  पाएको विवरण पनि सार्वजनिक गरेकी छन् । उनीसँग एनआइसी/प्रभु बैंकमा १५ लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेकी छन् । 

उनले कुनै ऋण नभएको विवरणमा जनाएकी छन् ।

प्रतिक्रिया