जसमा रामकुमारी झाँक्रीदेखि रोशनी मेचेसम्म समेटिएका छन्।
एमाले सचिव महेश बस्नेतले दिएको जानकारीअनुसार झाँक्री र मेचेसहित प्रेम दंगाल, सम्झना देवकोटा, मीना रखाल र लीला भण्डारीलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाइएको हो।
अब मधेस प्रदेशबाट मात्र उम्मेदवार चयन गर्न बाँकी रहेको उनले बताए। राष्ट्रिय सभाका १८ सदस्य चयनका लागि आउँदो माघ ११ गते चुनाव हुँदै छ।
त्यसमा एमालेले नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) सँग चुनावी तालमेल गर्ने सहमति गरेको छ। भागबन्डामा एमालेले ७ सिट पाएको छ।
राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ। जसमध्ये एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने प्रावधान रहेकाले १८ सदस्य चुन्न चुनाव गर्न लागिएको हो।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (बुधबार) देशभर उम्मेदवारी दर्ता गरिँदै छ।
निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ।
२३ पुस २०८२, बुधबार ०९:४० मा प्रकाशित