सुदूरपश्चिम प्रदेशका वन मन्त्री चौधरी बर्खास्त

khaptadpress.com

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरेका छन् ।

मुख्यमन्त्री शाहले आफ्नो निर्देशन अवज्ञा गरेको भन्दै चौधरीलाई विहीवार मद मुक्त गरेका हुन्।
मुख्यमन्त्री शाहले चौधरीलाई १६ दिनअघि असार ३ गते राजीनामा दिन निर्देशन दिएका थिए। तर मन्त्री चौधरीले सार्वजनिक रूपमा ‘सक्ने भए बर्खास्त गर्न’ भन्दै मुख्यमन्त्रीलाई चुनौती दिएका थिए ।

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी जेठ ४ गते मन्त्री नियुक्त भएका थिए । सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार रहेको छ । चौधरीको बर्खास्तीपछि मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले आफैं सम्हालेका छन् ।


बजेट निर्माणको क्रममा मन्त्री चौधरीले वित्तीय अनुशासन नपालेको, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गर्दा कुनै जानकारी नदिएकोलगायतका कार्यप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्रीले राजीनामा मागेको जनाइएको छ ।


यसअघि पनि सुदूरपश्चिमका तत्कालीन वनमन्त्री लक्ष्मणकिशोर चौधरी विवादमा परेका थिए । आर्थिक लेनदेनको आरोप लागेपछि तत्कालीन वनमन्त्री चौधरीले गत चैतमा राजीनामा दिएका छन् । उनी पनि नागरिक उन्मुक्तिबाटै मन्त्री बनेका थिए।


प्रतिक्रिया