बाजुरा: प्रसिद्ध धार्मिक स्थल बडिमालीका मन्दिरबाट दर्शन गरेर फर्किने क्रममा एक जनाको ज्यान गएको छ।
लडेर ज्यान जानेमा पूर्व शिक्षामन्त्री देवीप्रसाद ओझाका ५२ वर्षीय छोरा विप्लब ओझा रहेक बुझिएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी इकवाल हवारीका अनुसार, विप्लब मन्दिरबाट करिब एक घण्टाको दूरीमा तल झर्दा करिब ७ सय मिटर तल खोचमा खसेका थिए।
प्रहरीले शव निकाल्ने कार्य शुरू गरेको छ। विप्लब हाल गोकर्णेश्वर नगरपालिका–५ काठमाडौंमा बस्दै आएका थिए र राति नै दर्शन गरेर फर्कने क्रममा दुर्घटना भएको अनुमान गरिएको छ।
बडिमालिका शक्तिपिठमा आज साउन २३ गते पूजा कार्यक्रम जारी रहेको छ भने बुढीनन्दामा पनि पूजा सुरु भइसकेको छ।
२४ साउन २०८२, शुक्रबार १०:३७ मा प्रकाशित