बयलपाटा अस्पतालमा जागिरका लागि खुल्यो विज्ञापन (विज्ञापनसहित)

khaptadpress.com

अछाम। भदौ १ गतेदेखि प्रदेश सरकारको माहहतमा संचालन हुने अछामको बयालपाटा अस्पतालका लागि विज्ञापन खोलिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले बिहीबार आन्तरिक प्रतिष्पर्धाबाट कर्मचारी पुर्ति गर्न विज्ञापन खोलेको हो। मेडिकल अधिकृतदेखि सुरक्षा गार्डसम्म विभिन्न पदमा ८४ जनाका लागि विज्ञापन खोलिएको छ । विज्ञापनमा हाल कार्यरत कर्मचारीहरुले मात्रै प्रतिष्पर्धा गर्न पाउने छन्।

बयालपाटा अस्पताल प्रादेशिक अस्पताल सञ्चालन सम्बन्धी कानून बनेर प्रदेश राजपत्रमा प्रकाशित भएसँगै अस्पताल सञ्चालन गर्न बाटो खुलेको हो। भदौ १ गते बाट ५० बेडको अस्पताल प्रादेशिक अस्पतालको रुपमा सञ्चालन हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

गैरसरकारी संस्था न्यायहेल्थमार्फत सञ्चालन भइरहेको अस्पताल पछिल्लो समय दाताहरुले हात झिक्दै गएपछि आर्थिक संकटमा ब्यहोरी रहेको छ। मन्त्रालयले स्वीकृत गरेको बयलपाटा अस्पताल संचालन र व्यवस्थापन गठन आदेशमा अस्पतालमा कार्यरत कर्मचारीबाट ७० प्रतिशत र खुल्लाबाट ३० प्रतिशत कर्मचारी करारमा नियुक्त गर्ने व्यवस्था छ।

हेर्नुहोस् विज्ञापन 


प्रतिक्रिया