बान्नीगढीमा शीतगृह निर्माणको ठेक्का रद्द प्रकरण : पालिकाको पक्षमा उच्च अदालतको फैसला

khaptadpress.com

अछाम। अछामको बान्नीगढी जयगढ गाउँपालिकामा शीतगृह निर्माणसम्बन्धी ठेक्का रद्दविरुद्ध दायर गरिएको रिट उच्च अदालत दिपायलले खारेज गरिदिएको छ। 

ठेक्का रद्द गर्ने गाउँपालिकाको निर्णयविरुद्ध ठेकेदारले दायर गरेको रिट उच्च अदालतले मंगलबार खारेजीको फैसला सुनाएको हो।

रिटमाथि सुनुवाइ गर्दै अदालतले गाउँपालिकाको निर्णय उचित ठहर गर्दै मुद्दा खारेज गरिदिएको छ।

उच्च अदालतको फैसलासँगै गाउँपालिकालाई पुनः ठेक्का प्रक्रियामा अघि बढ्न बाटो खुलेको छ।

गाउँपालिकाको मूल्यांकन समितिले ठेक्का प्रक्रिया कानुनसम्मत नभएको ठहर गर्दै आर्थिक प्रस्ताव खुलाएपछि ठेक्का बदर गरेको थियो। समितिको निर्णयविरुद्ध व्यवसायीले अदालतमा रिट दायर गरेका थिए।

गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अदालतको निर्णयले सार्वजनिक हितको रक्षा भएको बताएका छन्।

गाउँपालिकाले गरेको निर्णयलाई अदालतले सदर गरेर जनताको पक्षमा न्याय दिलाएको अध्यक्ष साउँदले लेखेका छन्।

बान्नीगढी जयगढ गाउँपालिकामा यसै वर्ष प्रशासकिय भवन निर्माणविरुद्ध पनि सर्वोच्च अदालतमा मुद्दा परेको थियो। उक्त मुद्दा पनि पालिकाको पक्षमा फैसला भएको थियो।

यस्तो थियो विज्ञप्ति


प्रतिक्रिया