अछाम। राष्ट्रिय स्वतन्त्र पार्टीबाट अछाम क्षेत्र नम्वर १ मा ओमप्रकाश रावलले उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार निर्वाचन अधिकृतको कार्यालय साँफेबगरमा रावलले उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि बाजागाजासहितको र्याली बजार परिक्रमा गर्दै निर्वाचन अधिकृतको कार्यालयमा पुगेको थियो रावलको प्रस्तावकमा दिपक महर र समर्थकमा मानवहादुर कुुँवर छन्। रास्वपालाई सबैभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने समय तोकिएको थियो।
रावल राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापतिसमेत हुन्। २०५५ बैशाख २७ गते मेल्लेख गाउँपालिका-७ नन्देगडामा जन्मिएका रावल २०७९ असोजबाट जिल्ला सभापति बनेका हुन्।
७ माघ २०८२, मङ्गलबार ०२:२६ मा प्रकाशित