विराटनगरमाथि लुम्बिनीको ५ विकेटको जित

khaptadpress.com

काठमाडौं। डिआर्सी सर्टको उत्कृष्ट प्रदर्शनमा विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स ‘प्लेअफ’ नजिक पुगेको छ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार साँझ लुम्बिनीले विराटनगरलाई पाँच विकेटले पराजित गरेको हो। यो जितसँगै लुम्बिनीको ६ अंक भएको छ।

गत सिजनमा पहिलो खेलमा विराटनगरले लुम्बिनीलाई पराजित गरेको छ। त्यसपछि लुम्बिनीले लय गुमाएको थियो। 

अब प्लेअफको स्थान पक्का गर्न जनकपुर बोल्टससँगको खेल जित्नुपर्नेछ। लुम्बिनी र जनकपुरको खेल शुक्रबार हुनेछ। 

यो हारसँगै विराटनगरको ‘प्लेअफ’को पुग्ने बाटो लम्बिएको छ। लिग चरणमा विराटनगरले भोगेको यो दोस्रो हार हो। यसअघि विराटनगर चितवन राइनोजसँग ४८ रनले पराजित भएको थियो। 

विराटनगर ६ खेलमध्ये चार खेलमा जित र दुई खेलमा हार भोग्दै आठ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा यथावत छ। विराटनगरले लिग चरणको आफ्नो अन्तिम खेलमा शीर्षथानको सुदूरपश्चिम रोयल्ससँग खेल्न बाँकी छ। विराटनगर र सुदूरपश्चिमको खेल शनिबार हुनेछ। 

प्रतिक्रिया