राजनैतिक स्थिरताको खोजीमा संविधान बाहिर जाँदा झन्झन् अस्थिरता निम्तिन्छ : देउवा

khaptadpress.com

अछाम। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनैतिक स्थिरताको खोजीमा संविधान बाहिर जाँदा झन्झन् अस्थिरता निम्तिने बताएका छन्।

संविधान दिवसको शुभकामना दिँदै देउवाले यस्तो बताएका हुन्। मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि यही संविधानभित्र खोज्न सकिने देउवाको भनाई छ।

"संविधान मुलुकको  सर्वोच्च कानून भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्दछ" सन्देशमा देउवाले भनेका छन्," यदि यसो हुन सकेन भने राजनैतिक स्थिरताको खोजीमा संविधान बाहिर जाँदा झन्झन् अस्थिरता निम्तिने सम्भावना रहन्छ।" 

वर्तमान संविधानको सफलतासँग हामीले देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प नै आज हामी सबैको साझा दायित्व भएको उनको भनाई छ।


प्रतिक्रिया