एमालेको निर्वाचन कार्यक्रम संशोधन

khaptadpress.com

काठमाडौं। नेकपा एमाले)ले ११ औं महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरेको छ।

मंगलबार बिहान ११ बजेदेखि ५ बजेसम्मका लागि तय भएको मतदान कार्यक्रम एक घन्टा सरेको छ।

संशोधित कार्यक्रम अनुसार मतदानको समय सोमबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्मका लागि निर्धारण गरिएको छ।

निर्वाचन कार्यक्रम अन्तर्गत अहिले उम्मेदवारी दर्ता भइरहेको छ।

उम्मेदवारको प्रारम्भिक नामावली साँझ ६ बजे प्रकाशन गरिने कार्यतालिका छ।


त्यसउपर उजुरी, छानबिन र निर्णय गरी बेलुका साढे ८ बजे अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ।

त्यसपछि मतदान भने भोलि हुनेछ।


प्रतिक्रिया