काठमाडौं। टी–२० विश्वकपको छनोट खेल्न खोल्न ओमानमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो वार्मअप खेलमा सहज जित निकालेको छ।
शनिबार भएको खेलमा ओमानलाई नेपालले ६ विकेटले पराजित गरेको हो।
पहिले ब्याटीङ गरेको ओमान ११० रनमा समेटिएको थियो। नेपालले १११ रनको लक्ष्य ४ विकेट गुमाएर १७ ओभरमै पुरा गरेको हो। नेपालका लागि ओपनर आसिफ सेखले अर्धसतक प्रहार गरेका थिए।
बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले ३ तथा सन्दीप लामिछाने र सोमबार कामीले २/२ विकेट लिए।
ओमानमा अर्काे वार्मअप खेल नेपालले सोमबार कतारसँग खेल्नेछ। ८ अक्टोबरदेखि छनोट खेल सुरु हुदैछ । तीन समुहमा नौ वटा टोलीबिच विश्वकपका लागि प्रतिस्पर्धा हुँदैछ।
नेपालको समूहमा जापान र कुवेत छन्। हरेक समूहबाट दुई उत्कृष्ट टोली सुपर सिक्समा पुग्नेछन् भने सुपर सिक्समा पनि उत्कृष्ट हुने तीन टोलीले विश्वकपमा आफ्नो स्थान बनाउनेछन्।