साथ छोड्ने ६ नेतालाई माधव नेपालले गरे करबाही

khaptadpress.com

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा हुनुभन्दा अघि नै नेकपा एकीकृत समाजवादीका छ नेतामाथि पार्टी कारबाही गरिएको तथ्य बाहिर आएको छ ।

घनश्याम भूसाल, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, दामोदर अर्याल, नन्दलाल बन्जाडे र धर्मराज निरौलालाई पार्टीबाट निष्कासन गरिएको छ । अध्यक्ष माधवकुमार नेपालले जारी गर्नुभएको विज्ञप्तिमा यो उल्लेख छ ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी हिजो (बुधबार) नै माओवादी केन्द्रसहितका १० विभिन्न घटकसँग एकीकृत भइसकेको छ । पार्टी केन्द्रीय कमिटीको निर्णय उल्लंघन गरेको आरोपमा उनीहरूमाथि कारबाही गरिएको विज्ञप्तिमा भनिएको छ ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नै यो निर्णय गरेको हो ।


प्रतिक्रिया