अछाम। अछाममा चितुवाको आक्रमण बाट एक जना गम्भिर घाइते भएका छन । जिल्लाको ढकारी गाउँपालिका वडा न ४ का ४९ वर्षीय धर्मसिंह थापा चितुवाको आक्रमणबाट गम्भिर घाइते बनेका हुन्।
प्रहरीका अनुसार शनिबार दिउसो ४ बजे दाउनामोरामा रहेको ससुराली गाउँबाट आफ्नो घर भिरमुड फर्किनेक्रममा सोही ठाउको बसन्त सामुदायिक वनको बुकखोला भन्ने ठाउमा चितुवाले थापालाई आक्रमण गरेको थियो ।
थापा हाल कैलाली मोहन्याल गाउँपालिका-१ फलेबिसौना बस्दै आएकामा ससुराली घर आएको समयमा आफ्नो पुर्खेउली घर हेर्न जाने क्रममा चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ। थापाको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको जनाइएको छ। थापाको बायाँ हात, घाँटी र अनुहारमा चोट लागेको छ।
१९ साउन २०८२, आईतबार ११:०१ मा प्रकाशित