काठमाडौं। नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १७ जना चिकित्सकको मेडिकल लाइसेन्स खारेज गरेको छ।
काउन्सिलले सूचना जारी गरेर नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिएका चिकित्सकको लाइसेन्स दर्ता खारेज भएको जनाएको हो। ‘नेपाली मेडिकल काउन्सिल ऐन, नियमावली र नेपाली नागरिकता ऐन अनुसार विदेशी नागरिकता लिएका चिकित्सकहरूले काउन्सिल दर्ता किताबबाट हटाएको छ,’ सूचनामा भनिएको छ।
लाइसेन्स दर्ता खारेज हुनेमा डा. शर्मिला गुरुङ, डा. रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. निरन्जनदेव पाण्डे, डा. रोजन केसी, डा. ममता गुरुङ, डा. राजिब हमाल, डा. सलुजा सिंह थारू, डा. सुजना केसी, डा. जोस्ना शाही, डा. मनिषा हमाल र डा. सुप्रिया शाक्य छन्। यस्तै डा. इच्छा न्यौपाने, डा. दिपेन ढकाल र डा. तुषार सरवजनाको पनि लाइसेन्स दर्ता खारेज भएको छ।
उनीहरूले भारतीयदेखि ब्रिटिस, अमेरिकन, अस्ट्रेलियन, हङकङको नागरिकता लिएको काउन्सिलले जनाएको छ।
११ बैशाख २०८३, शुक्रबार १२:२० मा प्रकाशित