देउवाको नाम डडेल्धुराबाट सिफारिस

khaptadpress.com

काठमाडौं। प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि डडेल्धुराबाट नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री एवं सपभाति शेरबहादुर देउवाको नाम सिफारिस गरेको छ। 

बिहीबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले देउवाको नाम सिफारिस गरेको जिल्ला सचिव हेमराज चटौतले बताए। ‘डडेल्लधुराबाट सर्वसम्मत रुपमा सभापतिज्यूको एकल नाम सिफारिस गरेका छौँ,’ सचिव चटौतले भने। 


त्यस्तै, समानुपातिक उम्मेदवारका लागि नरभान कामी र मानकुमारी थापाको नाम सिफारिस गरिएको छ। कांग्रेस डडेल्धुराले राष्ट्रिय सभाको उम्मेदावरका भीमबहादुर साउँद र रघुवर भट्टको नाम सिफारिस गरिएको सचिव चटौतले बताए। 

जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिलाई नाम सिफारिस गरेको हो। अब प्रदेशले कांग्रेस केन्द्रमा नाम पठाउनेछ। त्यसपछि कांग्रेस केन्द्रले उम्मेदवार तय गर्नेछ। 

प्रतिक्रिया