डोटी। रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार दीर्घ खत्रीको निधन भएको छ । बिहीबार दिउँसो उनको निधन भएको हो ।
दिउँसो करिब १ बजे दिपायलस्थित रेडियो नेपालनजिकै बाटोमा ढलेको अवस्थामा भेटिएपछि रेडियोकै सहकर्मीहले सुजङ्ग अस्पताल राजपुर पुर्याएका थिए । तर अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।
शव पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पताल डोटी लगिएको छ । परिवारका सदस्य आइरहेको र आएपछि पोस्टमार्टम गरिने प्रहरीले जानकारी दिएको छ । मृत्युको कारण भने खुल्न सकेको छैन ।
डोटीको जोरायल गाउँपालिका-४ चुचुनढुङ्गा स्थायी घर भएका पत्रकार खत्रीको कैलालीको चौमालामा पनि बसोबास रहेको छ । उनी रेडियो नेपालमा वि.सं. २०७६ सालदेखि करारमा काम गर्दै आएका थिए ।
९ साउन २०८२, बिहिबार ०६:३७ मा प्रकाशित