शेरबहादुर देउवा चुनाव नलड्ने

khaptadpress.com

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन नलड्ने भएका छन् ।

उनको स्वकीय सचिवालयले देउवा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएको हो ।


`पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु,´ स्वकीय सचिव भानु देउवाले भने ।


प्रतिनिधिसभा निर्वाचनका लागि  आज उम्मेदवारी दर्ता हुँदैछ ।


डडेलधुराबाट निर्वाचन लड्दै आएका थिए । कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति भएसङ्गै उनैले उम्मेदवारका टिकटमा हस्ताक्षर गरेका छन् ।


नयाँ कार्यसमिति अमान्री भन्दै देउवा समूहले अदालतमा रिट दायर गरेको छ । भोलि उम्मेदवारी दर्ता हुनु अघि देउवाले उम्मेदवार नहुने बताएका हुन् ।

विसं २०४८, २०५१, २०५६, २०७४ र २०७९ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उहाँ २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।

प्रतिक्रिया