अछाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

khaptadpress.com

अछाम। आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि अछाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

मुख्य निर्वाचन अधिकृत तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मंगलसेनमा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को साँफेबगरमा कार्यालय स्थापन गरिएको हो।

मंगलसेनमा जिल्ला अदालतमा तथा साँफेबगरमा नगरपालिकाको नयाँ भवनमा कार्यालय स्थापना गरिएको छ।

अछाममा जिल्ला न्यायाधिश रोशनकुमार भट्टराइलाई मुख्य निर्वाचन अधिकृत र क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत तथा भोलाराज रेग्मीलाई क्षेत्र नम्बर १ को निर्वाचन अधिकृत तोकिएको छ। निर्वाचन आयोगले माघ ६  गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कर्यतालिका सार्वजनिक गरेको छ।

प्रतिक्रिया