रास्वपाले प्रत्यक्ष नजितेका ठाउँमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी (सूची)

khaptadpress.com

काठमाडौं। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव नजितेका ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको छ। रास्वपाले १६५ निर्वाचन क्षेत्रमध्ये १२५ स्थानमा जित हासिल गरेको थियो।

सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रत्यक्ष नजितेका ४० स्थानमा जिम्मेवारी तोकेको हो।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचन मा विजय प्राप्त गर्न नसकेका क्षेत्रहरूको लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ। र, सो जिम्मेवारीको सूची आमसञ्चार माध्यम मार्फत आम नागरिक तहमा जानकारीको लागि प्रेषित गरिएको छ,’ महामन्त्री कविन्द्र बुर्लाकोटीले सूचना जारी गर्दै भनेका छन्।


प्रतिक्रिया