हिलाम्य सडकमा स्थानीयले गरे धान रोपाई (भिडियोसहित)

khaptadpress.com

अछाम। अछाम सदरमुकाम मंगलसेन नगरपालिका-५ को बीच सडकमा स्थानीयले धान रोपाई गरेका छन्। बजारदेखि क्याम्पस रोड सडक खण्ड हिलाम्य भएपछि स्थानीयले मंगलबार धान रोपेर विरोध जनाएका हुन्।

हिलाम्मे सडकको स्तरोन्नतीमा कसैको ध्यान नपुगेकाले व्यांग्यात्मकरुपमा सडकमै धान रोपेको स्थानीय भानु ढुंगानाले बताए। असन्तुष्ट स्थानीयले जयनेपाल चोकदेखि सागर मोवाइल ग्यालरीसम्मको सडकमा गोरुले साउदै धान रोपेका छन्।

वर्षाकोबेला सडक हिलाम्मे हुँदा पैदल आवत–जावतमा समेत सकस हुँदा समेत स्थानीय सरकारले बेवास्ता गरेको उनीहरुको आरोप छ। वर्षौदेखि सडक कालोपत्रे नहुँदा वर्षायाममा हिलाम्य र हिउँदयाममा धुलाम्य हुने गर्दछ।

हेरौं भिडियो 


प्रतिक्रिया