अछाम। अछामको साँफे हाटबजारमा आगलागी हुँदा ७ टहरा जलेर नष्ट भएका छन् ।
शनिबार राति भएको आगलागीबाट साँफे हाटबजार रहेका ७ टहरा जलेर नष्ट भएका हुन्।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले आगो लागेको करिव डेढ घण्टामा नियन्त्रणमा आएको बताए। उनले नजिकै रहेको खोलाबाट कुलो बनाएर पानी ल्याइएको र स्थानीयसमेतको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको जानकारी दिए।
प्रहरीका अनुसार आगलागीबाट करिव एक करोड ७७ लाख ८० हजार तीनसय ५० रुपैया बराबरको क्षति भएको छ।
साँफे हाटबजारमा यसअघि गत बैशाख १३ गते पनि भिषण आगलागी भएर १० वटा पसल जलेका थिए। यो पटक बैशाकमा आगलागी भएको क्षेत्रबाट पर्भालीगाडतर्फका पसल जलेका छन्।
यस्तो छ क्षतिको विवरण
१७ कार्तिक २०८२, आईतबार १२:२६ मा प्रकाशित