महिनावारी विभेद गर्नेलाई सेवा सुविधा रोक्ने साँफेबगरको निर्णय

khaptadpress.com

अछाम। अछामको साँफेबगर नगरपालिकाले महिनावारी हुँदा गोठमा बस्ने र बस्न बाध्य बनाउनेलाई सेवासुविधा रोक्ने निर्णय भएको गरेको छ।

नगर कार्यपालिकाको बैठकले महिनावारी विभेद गर्नेलाई नगरपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा नदिने निर्णय गरेको हो।

नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले सबै १४ वडाहरुसँग समन्वय गरि गोठ भत्काउने अभियान सञ्चालन गरिने जानकारी दिए। यसैगरी बैठकले जातिय छुवाछुत तथा भेदभाव गर्नेलाई कानुन अनुसार कार्वाहीका लागि सिफारिस गर्ने,न्यायिकसमिति मार्फत जनचेतना मुलक कार्यक्रमहरु सचालन गर्ने निर्णय पनि गरिएको छ।

रुपान्तरण कक्षा संचालनका लागि घुघुरकोटको बेतालमाण्डौ मावि,बाब्लाको राष्ट्रिय मावि र खप्तडको तुका माविलाई छनौट गर्ने, ढुंगा गिट्टी बालुवाको स्टक प्रमाणित नगरि ढुवानी गरिएमा आर्थिक ऐन अनुसार जरिवाना गर्ने, ढुंगा गिट्टी बालुवाको लागि वातावरणीय प्रभाव मूल्याकन गर्ने लगायतका महत्वपुर्ण निर्णय गरिएको नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले जानकारी दिए।

प्रतिक्रिया