काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता भएको छ। आज राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा कार्यक्रम भएको हो।
पुस ९ गते राप्रपा र राप्रपा नेपालबीच एकताको सहमति भएको थियो। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता भएको हो। पार्टी एकतापछि पार्टीको नाम राप्रपा नै रहनेछ।
२०७८ मंसिरमा राप्रपाको सातौं महाधिवेशन भएको थियो। उक्त महाधिवेशनमा अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा भएकोमा लिङ्देनले जितेका थिए।
त्यसको केही समयमै थापाले राप्रपा परित्याग गरेका थिए भने राप्रपा नेपाल पार्टी खोलेका थिए। थापाले राप्रपा नेपाल पार्टी चार वर्षमा राप्रपामै एकता गरेका हुन्।
१६ पुस २०८२, बुधबार ०२:४५ मा प्रकाशित