वडास्तरिय क्रिकेटको उपाधि आयोजक षोडशालाई

khaptadpress.com

अछाम। बिजया दशमीको अवसरमा आयोजित प्रथम वडास्तरिय क्रिकेट प्रतियोगिताको उपाधि आयोजक षोडशादेवीले जितेको छ।

मेल्लेख गाउँपालिका-३ ठाँटी क्रिकेट क्लबलाई २३ रनले पराजित गर्दै आयोजक वडा नं ६ षोडशा क्रिकेट क्लब विजयी भएको हो। उपाधिसँगै आयोजले नगद ३५ हजार पुरस्कार पनि जितेको छ। टस हारेर ब्याटिङ गर्न मैदानमा उत्रिएको आयोजक षोडशाले

निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ६४ रन जोडेको थियो।

जितका लागि ६५ रनको लक्ष्य पाएर जवाफी ब्याटिङ गर्न मैदानमा उत्रिएको ठाँटी १० ओभरमा ८ विकेटको क्षतिमा ४१ रनमा अलआउट भयो। दोस्रो हुँदै ठाँटीले नगद १५ हजार पुरस्कार जितेको छ।

प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान आयोजक टिमका सुवाश खड्का, उत्कृष्ट बलर ठाँटीका सन्दीप रावल,

म्यानअपद म्याच अभिषेख रावल तथा प्लेरअफद टुर्नामेन्ट षोडशाका कप्तान  धिरज खत्री बनेको क्लबका अध्यक्ष बालाराम भट्टराईले जानकारी दिए।

प्रतियोगिताका बिजयी टिम र खेलाडीलाई वडाअध्यक्ष तिलकबहादुर कडायत र निवर्तमान वडा अध्यक्ष नरपति रावलले पुरस्कार, ट्रफी, मेडल तथा प्रमाण पत्र प्रदान गरे। असोज १० गतेबाट सुरु भएको प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको थियो।

प्रतिक्रिया