काठमाडौं। पोखरा एभेन्जर्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘कमब्याक’ गरेको छ।
शनिबार भएको पहिलो खेलमा पोखरालाई तीन विकेटले पराजित गर्दै लुम्बिनीले प्लेअफ सम्भावना जिवित राखेको हो। लुम्बिनीसँगको हारले पोखराको प्लेअफको बाटो कठिन भएको छ।
लुम्बिनीले अब प्लेअफ खेल्न बाँकीका दुई खेल जित्नैपर्ने हुन्छ। लुम्बिनीले भने अब बाँकी दुई खेल जितेमा प्लेअफको यात्रा सहज हुनेछ।
लुम्बिनीले पाँच खेलमा दुई खेल जितेको छ भने तीन खेलमा हार भागेको छ। लुम्बिनीले अब विराटनगर किंग्स र जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ।
१४ मङ्सिर २०८२, शनिवार ०२:५३ मा प्रकाशित