बयालपाटा प्रादेशिक अस्पतालको कार्यकारी निर्देशकमा पाठक नियूक्त

khaptadpress.com

अछाम। अछाम स्थित बयालपाटा प्रादेशिक अस्पतालको कार्यकारी निर्देशकमा डा. मन्दिप पाठक नियूक्त भएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको मंसिर २ गते बसेको मन्त्रिपरिषदको बैठकले डा. पाठकलाई कार्यकारी निर्देशक ११ औँ तहमा नियूक्त गर्ने निर्णय गरेको हो।

बयालपाटा प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन (गठन) आदेश २०८२ को दफा ४ को उपदफा ३ बमोजिम कार्यकारी निर्देशकमा नियूक्त गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धुलिखेल नगरपालिका-११ काभ्रेपलान्चोक घर भएका डा. पाठक एक दशकदेखि न्याय हेल्थ नेपालसँग आवद्ध भई बयालपाटा अस्पतालमा अस्पताल निर्देशकका रुपमा कार्यरत रहेका थिए। पाठक हाडजोर्नी तथा नसा रोग विषेशज्ञ हुन्।

बयालपाटा अस्पताल यहि भाद्र १ गते देखि प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहत संचालित छ।


प्रतिक्रिया