काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ भनेर आफू हर प्रयासमा रहेको बताएका छन् ।
उनले नेपाली दाजुभाइ तथा दिदीबहिनीका नाममा एक लिखित सम्बोधनमार्फत् यस्तो बताएका हुन् । उनले भनेका छन्– देशको अहिलेको विषम् परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवम् हर प्रयास गर्दैछु ।
आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन संयमतापूर्वक मुलुकमा शान्ति, सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।”
२६ भदौ २०८२, बिहिबार ०३:३० मा प्रकाशित