काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेत जोडिएको मुद्दामा शोभा पाठकले दिएको रिट खारेज भएको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको इजलासले बुधबार पाठकको रिट खारेज गर्ने फैसला गरेको हो ।
बलात्कार, भ्रूण हत्या र चोरी डाँका मुद्दामा प्रहरीले जाहेरी लिन नमानेपछि पाठकले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा हुलाकमार्फत जाहेरी दिएकी थिइन् ।
सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेपछि पाठक त्यसविरुद्ध उच्च अदालत पाटन पुगेकी थिइन् ।
पाठकको सो रिट उच्च अदालतले बुधबार खारेज गरिदिएको हो ।
यस्तो छ आदेश
१८ चैत २०८२, बुधबार ०७:१४ मा प्रकाशित