माओवादीसहित १० घटकको एकता घोषणा समारोह हेर्नुहोस् १० तस्बिरमा

khaptadpress.com

काठमाडौं। नेकपा (माओवादी केन्द्र)सहित १० घटकको एकता घोषणा हुँदैछ। भृकुटीमण्डपमा घोषणा समारोह चलिरहेको छ। 

माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन समूह, राजु कार्की नेतृत्वको नेकपा साजवादीका, सुवासराज काफ्ले नेतृत्वको नसमाजवादी पार्टी, नेपाल महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी, कर्णजित बुढाको नेकपा माओवादी समाजवादी र प्रेम चलाउनेको नेकपा साम्यवादी पार्टी लगायत विभिन्न कम्युनिस्ट घटकहरूले एकता गर्न लागेका हुन्। 

एकता घोषणा कार्यक्रमको बीचमा झलनाथ खनाल पनि पुगेका छन्। खनाल सुरूवातमा एकताको विपक्षमा थिए। 

एकताको विपक्षमा रहेको भए पनि उनको उपस्थितीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। 

झलनाथ तेस्रो बरियतामा

बुधबार घोषणा गर्न लागिएको नेपाली कम्युनिस्ट पार्टीमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तेस्रो वरियता पाउने भएका छन् ।

बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरूबीच खनाललाई तेस्रो वरियता दिनेगरी सहमति भएको हो ।

स्रोतका अनुसार, यसअघि बामदेव गौतमलाई तेस्रो वरियतामा राखिएको थियो । विभिन्न घटकबीच हुन लागेको एकताप्रति खनालले असन्तुष्टि जनाएका थिए ।

अन्तत: उनी भृकुटीमण्डपमा आयोजित घोषणा सभामा सहभागी हुन पुगेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीमा प्रचण्ड पहिलो, माधव कुमार नेपाल दोस्रो, झलनाथ खनाल तेस्रो, बामदेव गौतम चौथो र नारायणकाजी श्रेष्ठ पाँचौं वरियतामा रहने भएका छन्  ।


प्रतिक्रिया