काठमाडौं। आइसिसी मेन्स टी–२० विश्वकप एसिया एण्ड इस्ट–एसिया प्यासिफिक छनोटको पहिलो खेलमा नेपालले कुवेतलाई हराएको छ । नेपालले कुवेतलाई ५८ रनले हराएको हो ।
१४२ रनको लक्ष्य पछ्याएको कुवेतलाई उत्कृष्ट बलिङ गर्दे नेपालले १८.१ ओभरमा ८३ रनमै अलआउट गरेको हो । नेपालका लागि ललित राजवंशी, रोहित पौडेल र सन्दीप लामिछानेले २/२ तथा सोमपाल कामी, नन्दन यादब र कुशल भुर्तेलले १/१ विकेट लिएका थिए।
टस हारेर पहिले नेपाल ब्याटीङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको ६६ रनको मद्दतमा २० ओभरमा ७ विकेट १४१ रन बनाएको थियो।
ब्याटीङमा संघर्ष गरेको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो जित निकालेको हो ।
छनोट अन्र्तगत समूह चरणको दोस्रो तथा अन्तिम खेल नेपालले शुक्रबार जापानविरुद्ध खेल्नेछ ।
पहिलो खेलमा जितसँगै सुपरसिक्समा पुग्ने नेपालको सम्भावना बलियो भएको छ। तीन टोली रहेको समूहबाट दुई टोली सुपरसिक्समा जान्छन्। सुपरसिक्समा पनि उत्कृष्ट ३ मा पर्ने टोली विश्वकपमा छनोट हुनेछ।