डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)का अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको अध्यक्षतामा विशेष महाधिवेशन हलले निर्वाचन समिति गठन गरेको हो ।
भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्र जारी छ ।
महाराजगञ्जस्थित सभापति शेरबहादुर देवाको निवासमा सहमतिको खोजी भइरहँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा उपस्थित भएको विशेष महाधिवेशनको बन्दसत्र हलमा निर्वाचन समिति गठन भएको हो ।
निर्वाचन समितिमा डीएलएका अध्यक्ष केसीसँगै वरिष्ठ अधिवक्ता अशोक पोखरेल, अधिवक्ता गोकर्ण बञ्जाडे, आरसी विमल पौडेल र रामचन्द्र गौतम सदस्य रहेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् ।
२९ पुस २०८२, मङ्गलबार १०:४० मा प्रकाशित