प्रहरीसँग नभएका हतियारले गोली हानियो, छानविन होस् : ओली

khaptadpress.com

अछाम। एमाले अध्यक्ष केपी शर्मा ओलीले जेनजीले गरेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठकारीहरूले हिंसा उत्पन्न गरेको र प्रहरीसँग नै नभएका स्वचालित हतियारबाट नै गोली हानिएको दाबी गरेका छन् । उनले त्यसको पूर्ण छानबिन हुनुपर्ने समेत बताएका छन्।


ओलीले आफ्नो शुक्रबार आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, 'गत साता जेनजीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो-आह्वान कर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।' 

उनले दिवंगत युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

उनले घटनाका सम्बन्धमा तत्कालीन तथ्यवान् छानबिन, दोषी पहिचान र कानुनी कारबाही हुनुपर्ने उनले जोड दिएका छन्। साथै देशमा शान्ति र एकता कायम राख्न सबै पुस्ताका नेपालीहरू एकजुट हुनुपर्नेमा पनि ओलीले जोड दिएका छन्।

उनले संविधान र सार्वभौमसत्ताको रक्षा गर्दै संवैधानिक प्रक्रियामार्फत मत भिन्नतालाई समाधान गर्ने मार्गमा सबैले लाग्न अपील गरेका छन्। जेनजी आन्दोलन उग्र बनेपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । 

प्रतिक्रिया